वैदेशिक रोजगार व्यवसायीले भूकम्प पीडित क्षेत्रका युवालाई निशुल्क वैदेशिक रोजगारीमा पठाउने भएका छन् ।

बैदेशिक रोजगार व्यवसायी संघले भूकम्पका कारण घर भत्केको, आफन्त गुमाएको वा अन्य कुनै किसिमले प्रभावित युवालाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने सेवा शुल्क नलिने निर्णय गरेका हुन् ।

मलेसिया र खाडी मुलुक पठाउँदा कुनै पनि शुल्क नलिने प्रक्रिया सुरू गरेको संघले जनाएको छ।

यसैवीच भूकम्प प्रभावितहरुलाई क्यानाडा लगायतका देशहरुले भिसा खुकुलो पारेको भन्ने खबरमा भने कुनै सत्यता नभएको बताईएको छ । त्यसैले ती देशहरुमा लैजान्छु भनि कसैले कुनै आश्वासन दिए प्रहरीलाई खबर गर्न भनिएको छ ।

Comments

comments