भारतमा गर्मी र लु का कारण मर्नेको संख्या ५०० भन्दा माथि पुगेको छ । भारतका केही स्थानको तापक्रम ४८ डिग्री सेल्सियस सम्म पुगेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

गर्मी र लु का कारण मर्नेमा धेरै जसो तेलगंना राज्यको उत्तरी क्षेत्र र आन्द्र प्रदेशका रहेको बताइएको छ । शनिवार यता मात्र १ सय ४० भन्दा बढीको मृत्यु भइसकेको छ । सोमवार उत्तर प्रदेशको इलाहाबादको तापक्रम ४८ डिग्री सेल्सियस र राजधानी दिल्लीको तापक्रम ४४ डिग्री सेल्यिस मापन गरिएको छ ।

पश्चिम बंगालमा पनि उच्च तापक्रमका कारण १० जनाको मृत्यु भइसकेको छ । गर्मी र लुबाट वच्न अधिकारीहरुले नागरिकलाई घर भित्रै रहन र अत्याधिक पानी तथा फलफूल खान सुझाव दिएका छन् । मौसमविदका अनुसार अझै केही दिन गर्मीबाट राहत मिल्ने संकेत नदेखिएको जनाएका छन् ।

Comments

comments