काठमाडौं । नेपालका बैकर्सहरुले भूकम्प पीडितहरुको सहयोग र पुनर्निर्माणका लागि बैंकिङ क्षेत्रको सधैं साथ रहने प्रतिवद्दता व्यक्त गरेका छन् ।

नेपालका बैकर्स संघका कार्यवाहक अध्यक्ष अनिल शाहले भूकम्प पीडितहरुलाई बैकिङ क्षेत्रबाट २ प्रतिशत ऋण व्याजमा दिनुलाई सकरात्मक रहेको बताउनुभयो । अब यसको सदुपयोग गरेर पुननिर्माणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । अब भूकम्प पीडितहरुका लागि बनाइने घर भूकम्प प्रतिरोधामक बनाउनु पर्नेमा उहाँको जोड थियो ।

संघले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष शाहले भूकम्प पीडितहरुको राहत र उद्दारका लागि बैंक तथा वित्तिय संस्थाहरुका तर्फबाट १० करोड रुपैया प्रधानमन्त्री रहत तथा उद्धार कोषमा जम्मा गरेको जानकारी पनि दिनुभयो ।

यस्तै उहाँले बैकर्स संघले अहिले सम्म १५ करोड रुपैया वरावरको राहत भूकम्प पीडितलाई वितरण गरिसकेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्विनी बैंकका प्रमुख कार्यकारी अधिकृत सोमदेव पन्थले अब बैंकहरुले भुकम्पप्रतिरोधात्मक घर निर्माण गर्नलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित बैङ्किक क्षेत्रका व्यक्तिहरुले वास्तविक भूकम्प पीडितहरुलाई सहुलियत कर्जा सरल ढंगबाट प्रवाहित गर्न तत्पर रहेको बताउँदै पीडितको नाममा केही उद्योगी व्यवसायीहरुले समेत सहलियत कर्जा माग गर्न थालेकोप्रति आपत्ति जनाएका थिए ।

Comments