यो वर्ष गणतन्त्र दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने भएको छ । मुलुकमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुहुने स्वागत तथा जलपान समारोह पनि यसवर्ष नहुने भएको छ ।

१२ वैशाखमा गएको विनाशकारी भूकम्प र त्यसपछिका ठूला पराकम्पनले मुलुकमा ठूलो जनधनको क्षति भएको दुःखद् अवस्थामा यस वर्ष गणतन्त्र दिवसमा स्वागत तथा जलपान समारोह आयोजना नगरिने राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताउँनुभयो ।

२०६५ जेठ १५ गते तत्कालीन संविधानसभाले विधिवत् रुपमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै गणतन्त्र घोषणा गरेपछि हरेक वर्ष १५ जेठमा विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै आइएको छ ।

Comments

comments