अस्ट्रेलियाका चर्चित सुपर मोडल निकोल ट्रनफियो यतिखेर फेरि चर्चामा आएकी छिन् । एउटा म्यागजिनको कभरका लागि आफ्नो बच्चालाई स्तनपान गराइरहेको फोटो खिचाएपछि उनी चर्चामा आएकी हुन् । २९ वर्षीया यी सुपर मोडलले चर्चित म्यागजिन एलीको जुन अंकका लागि स्तनपान गराइरहेको फोटो खिचाएकी हुन् । उक्त फोटोसँगै निकोलले महिलाको शरीरको अंगमाथि विश्वले हेर्ने नजर परिवर्तनका लागि गतिलो सन्देश दिन सफल भएको समीक्षकहरुको बुझाइ छ ।

केही दिन अघि मात्र कन्ससमा आयोजित एक महोत्सवमा एक महिलामाथि आयोजकहरुबाटै दुव्र्यवहार भएको थियो । ती महिलाले आफ्नो बच्चालाई सार्वजनिक स्थलमा स्तनपान गराएको भन्दै महोत्सवका आयोजकहरुले महोत्सवस्थल छोड्न बाध्य पारेका थिए । ‘त्यो घट्नाले अझै पनि समाजले महिलाको स्तनलाई केवल यौन अंगको रुपमा मात्र हेर्ने गरेका छन् भन्ने कुराको पुष्टि गर्दछ’,निकोलको भनाइ छ । तर त्यही स्तन मातृत्वको आधार पनि हो भन्ने कुरालाई समाजले विर्सिदिन्छन् । त्यही कुरालाई स्मरण गराउँन आफूले स्तनपानको फोटो सेसन गराएको उनले बताइन् । ‘आफ्नो भोकाएका बच्चाको भोक र तिर्खा मेटाउँन स्तनपान गराइन्छ । यो सत्य थाहा हुँदा हुँदै पनि स्वतन्त्रपूर्वक किन स्तनपान नगर्ने ?’ निकोलको प्रतिप्रश्न छ । आफ्नो यो बोल्ड निर्णयलाई साथ दिएकोमा निकोलले एली पत्रिकाप्रति आभार व्यक्त गरेकी छिन् ।

Nicole-Trunfio-Elle-A-GossipTicket
त्यसो त निकोलको यस्तो फोटो कभरमा छाप्ने एली म्यागजिन र स्वयम् निकोलको पनि थिएन । तर जब उनी म्यागजिनका लागि फोटो शुट गर्दै थिइन्,त्यही बेला ब्रेकमा निकोलले अनुमति मागे आफ्नो बच्चालाई दूध खुवाईन् ।

एली म्यागजिनका अष्ट्रेलियाका लागि प्रधान सम्पादक रहेका जस्टिन कुलिन भन्छन्–’जब हामीले आफ्नो छोरो जीयोनलाई दूध खुवाइरहेकी निकोललाई देख्यौं,उनको प्राकृतिक र स्वभाविक स्वरुपमा वेग्लै सुन्दरता पायौं । त्यसैले हामीले हाम्रो योजनामै परिवर्तन गर्यौं ।’

तर स्तनपान सहितको एलीको अंक भने ग्राहक कपिमा मात्र सीमित गरिएको छ । यसको नियमित अंकमा भने निकोललाई पूरै शरीर छोपिएको पोजमा देख्न पाइनेछ ।

Nicole-Trunfio-Elle-B-GossipTicket

Comments

comments