एघार वर्षीय बालकले कतिसम्मको अध्ययन पूरा गर्ला ? यदि तपाई जवाफ दिन हतार गर्नुहुन्छ भने गलत सावित हुनुहुनेछ । किनभने भारतीय मूलका छात्र तनिष्क अब्राहमले अमेरिकाको प्रसिद्ध विश्वविद्यालयबाट हालै मात्र स्नातकको डिग्री हासिल गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियाको साक्रामेन्टोमा बस्दै आएका तनिष्कले अमरिकन रिवर कलेजबाट १८ सय जना अन्य विद्यार्थीहरुसँगै गत मे २० मा स्नातकको डिग्री हासिल गरेका हुन् । अब्राहम अमरिकन रिवर कलेजबाट ग्रेजुएट हुने अहिलेसम्मकै सबैभन्दा कम उमेरका विद्यार्थी हुन् ।

abraham
तनिष्कले गणित, विज्ञान र विदेशी भाषा अध्ययन गरी एकैपटक तीन विषयमा स्नातकको डिग्री हासिल गरेका हुन् । उनले १० वर्षको उमेरमा हाईस्कूलको परीक्षा उत्तीर्ण गरका थिए । उनी सात वर्षको उमेरदेखि नै अमेरिकन रिवर कलेजमा अध्धयनरत छन् । अझ रोचक कुरा,तनिष्कले आफ्नो शुरुवाती शिक्षा स्कूलमा नभई घरमै गरेका थिए । तनिष्क चार वर्षदेखि मेन्सा इन्टरनेशलको सदस्य समेत रहँदै आएका छन् । यो आईक्यू स्तर बढी रहेका विश्वका बुद्धिमानहरुको संगठनको रुपमा स्थापित संस्था हो ।

गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रशस्ति पत्र पठाएसँगै तनिष्क चर्चामा आएका थिए ।

भविष्यमा चिकित्सक बनेर मेडिकल शोधमा लाग्न चाहने उनी अमेरिकाको राष्ट्रपति सम्म बन्ने महत्वाकांक्ष राख्दछन् ।

Comments

comments