आफ्नो मोबाइलबाट फोटो खिच्ने क्रेज विश्वभरि नै व्यापक बन्दै छ । कहिलेकहिं सेल्फीप्रतिको क्रेज घातक समेत बन्ने रुसमा हालै भएको एक घट्नाले पुष्टि गरेको छ ।

मस्कोमा सेल्फी खिच्ने लोभमा २१ एक वर्षीया युवतीको ज्याननै खतरामा परेको छ । एजेन्सीहरुका अनुसार पेस्तोलको पोज सहित सेल्फी खिच्ने क्रममा ती युवतीले गल्तीले पेस्तोलको ट्रिगर चलाउँदा गोली लागि सख्त घाइते भएकी छिन् । उनले एक सेक्युरिटी गार्डको ९ एमएमको पेस्तोलको पोज सहित सेल्फी खिच्न खोजेकी थिइन् । तर गल्तीले ट्रिगर दबाउँदा गम्भीर घाइते बनेकी छिन् । हाल उनको गम्भीर अवस्थामा मस्कोस्थित अस्पतालमा उपचार भैरहेको एजेन्सीहरुले जनाएका छन् ।

पछिल्लो समयमा किम कार्दाशियन लगायतका सेलिब्रेटीहरुबाटै सेल्फीप्रतिको क्रेज देखाउँन थालेपछि विश्वमा अहिले सेल्फी खिच्ने क्रेज अझ बढेको छ । हालै सार्वजनिक एक तथ्यांक अनुसार १७ प्रतिशत अमेरिकीहरुले ड्राइभिङकै बेला सेल्फी लिने गरेका छन् । अमेरिकी अपराध अनुसन्धान अधिकृतहरुले पाइलटहरुको सेल्फी खिच्ने क्रेजले गर्दा एउटा सानो विमान दुर्घटना हुँदा यात्रु सहित चालकदलको ज्यान समेत गएको जनाए ।

Comments

comments