पहिरो खसेर वहाव रोकिएको कालिगण्डकी नदी खोल्न नेपाली सेनाले प्राविधिकि टोली खटाएको छ ।

नेपाली सेनाका प्रवक्ता जगदिशचन्द्र पोखरेलले कालिगण्डकी थुनिएको तटीय क्षेत्रमा सेना मातहतका युनिटलाई खटाइएको जानकारी दिनुभयो । उहाँले सेनाको ईन्जिनियरिङ विभागको एउटा टोलीलाई यथासिघ्र म्याग्दीको भगवती बैसरी काफलडाँडा पठाइँने बताउँनुभयो ।

सिन्धुपाल्चोकको जुरे पहिरो खोल्न गएको विभागकै टोली प्रारम्भीक अध्ययनका लागि म्याग्दी पठाउँन लागिएको पनि पोखरेलले जानकारी दिनुभयो ।

Comments