पहिरो खसेर प्रवाह अवरुद्द भएपछी गएराती २ बजेदेखि कालिगण्डकी थुनिएको छ । म्याग्दीको गलेश्वर भन्दा माथि बैसरी भन्ने ठाउँमा गएको पहिरोका कारण नदी थुनिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर ऋषिराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार थुनिएको नदी खुलाउने उपायबारे छलफल भैरहेको छ ।

नदीको तल्लो क्षेत्रमा बस्ने बासिन्दालाई सतर्क भई सुरक्षित ठाउँमा सर्न पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, पाल्पा र नवलपरासी बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश थपलियाका अनुसार राति दुई बजेदेखि कालिगण्डकीको पानी ७० प्रतिशत घटेको छ। ‘म्याग्दी सदरमुकामदेखि ८ किमी माथि खसेको पहिरोले स्थानीयबासीलाई खतरा हुनसक्ने भएकाले सुरक्षित स्थानमा सारिरहेका छौ ,’ उनले भने,‘ काठमाडौंबाट सेनाको हेलिकप्टर मगाएको छु उज्यालो हुनेबित्तिकै आउँछ।’

Comments