शनिबार अपरान्ह आएको हावाहुरीले रूख ढल्दा एक महिलाको ज्यान गएको छ।

काठमाडौंको सानोभर्‍याङमा श्रीमानसँगै मोटरसाइकलमा गइरहेका बुढानिलकण्ठ निवासी लक्ष्मीकुमारी सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुखले किचेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बालाजुस्थित जनमैत्री अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

Comments