अष्ट्रेलिया विश्वकै सबैभन्दा महँगो देशमा परेको छ । विश्वका विकसित मुलुकहरुको पछिल्लो सूचीमा अष्ट्रेलिया सबैभन्दा महँगो मुलुकमा परेको हो ।

यो सूचीमा अमेरिका सबैभन्दा सस्तो मुलुकमा परेको छ । यो वर्ष अमेरिकी डलर र अष्ट्रेलियन डलरबीच बढेको दुरीका कारण अष्ट्रेलियामा महँगी बढेको हो । विश्व मूल्य सूचीबारे हालै सार्वजनिक प्रतिवेदनका अनुसार अमेरिकीहरुले एक डलरमा पाउँने कुरालाई अष्ट्रेलियालीहरुले १.१२ डलर खर्चनुपरेको छ । पछिल्लो वर्ष अष्ट्रेलियामा महँगी पनि तुलनात्मक रुपमा बढेको जनाइउको छ । सिड्नी र मेलबर्नमा त सार्वजनिक सवारीको भाडादर समेत अत्याधिक बढेको छ ।

यो सूचीमा न्यूजील्याण्ड विश्वको दोस्रो महँगो देश बनेको छ ।

Comments

comments