अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपालीहरुको सुविधाका लागि यहास्थित कन्सुलेटको कार्यालयमा मेशीन रिडेबल एमआरपी पासपोर्ट सम्बन्धी कार्यशाला सञ्चालन हुने भएको छ ।

आगामी जुन ६ र ७ तारिखको दिन आयोजना हुने उक्त कार्यशालामा एमआरपी पासपोर्ट सम्बन्धी आश्यक जानकारी,परामर्श र सेवा प्रदान गरिने यहाँस्थित कन्सुलेट कार्यालयले जनाएको छ । यसबाट लाभ लिन सम्पूर्ण भिक्टोरियावासी नेपालीहरुलाई आग्रह गरेको छ ।

MRP
नयाँ एमआरपी लिनुपर्नेहरुले अनलाइन मार्फत आवेदन भर्न सकिने व्यवस्था समेत मिलाइएको बताइएको छ । त्यसका लागि पाँच प्रति पासपोर्ट साइजको फोटो,पूरानो पासपोर्टको पहिलो पृष्ठको प्रतिलिपि,सक्कल पासपोर्ट,नेपाली नागरिकताको प्रतिलिपि सहित भरिएको फर्म पेनड्राइभ मार्फत पठाउँन सकिनेछ । प्रति एमआरपी १९० अष्ट्रेलियन डलर शुल्क लाग्ने पनि अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।

Comments

comments