चार वर्षसम्मको अध्ययनपछि अन्तिम समयमा आएर कलेजबाटै निष्कासित हुनपर्दा कस्तो महसुस होला ? त्यो पनि चार चार वर्षसम्म गरेको परिश्रमको फल आउँन आधा घण्टा मात्र बाँकी रहँदा निष्कासित हुनुपर्दा ती विद्यार्थीको मनोदशा कस्तो बन्ला ? यस्तो दुखद र दुर्लभ अनुभव हालै एक अमेरिकी विद्यार्थीले गरेकी छिन् । निकै मिहिनेती र अनुशासित विद्यार्थीमा पर्ने इभाटी रेइ नामक ती विद्यार्थीले अन्ततः आफ्नो लगाएको पोशाकको कारण आफ्नो करियरलाई नै दाउमा राख्नुपर्यो ।

कलेजको अन्तिम दिनको समारोहमा सहभागी हुन इदाहो स्टेट युनिभर्सिटीमा अध्यनरत अरु विद्यार्थी जस्तै रेइ पनि निकै उत्साहित थिइन् । चार वर्षको अध्ध्यनको प्रतिफल आउने दिन भएकोले पनि सबैमा उत्साह भरिएको थियो । अन्तिम दिनको समारोह भएकोले उनी पनि सकभर राम्री भएर जान चाहन्थिन् । यसका लागि उनले राम्रो पोशाक लगाउँनु उपयुक्र्त हुने निर्णय गरिन् ।

raey
म राम्रो देखिन चाहन्थें,तर मेरो फेशनेवल देखिने चाहना मेरो लागि घातक बन्यो,उनले एविसी ८ टेलिभिजनलाई बताईन् । कारण कलेजको कार्यक्रममा छोटो लुगा लगाएको अभियोग लगाउँदै कलेजले उनलाई निष्कासित गरेको थियो । कलेजको अन्तिम दिन विद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रममा अशोभानीय पोशाक लगाएर उपस्थित भएको आरोपमा कलेजले उनलाई निष्कासन गरेको थियो ।

कलेजको यस्तो निर्णयप्रति असहमति जनाउँदै रेइको आमा भन्छिन्–कलेजले यो असाध्यै गलत निर्णय गर्यो । आफ्नो विद्यार्थीको चार चार वर्षसम्मको मिहिनेत र प्रदर्शनको मूल्यांकन एउटै पोशाकको आधारमा गर्नु विश्वविद्यालयका लागि शोभानीय कार्य होइन ।
रिइले आफू सुन्दर देखिन उक्त दिन हरियो रंगको फ्रक लगाएकी थिइन्,जुन घुँडाभन्दा केही इन्च मात्र छोटो थियो ।

Comments