जर्जियाका प्रहरी अधिकारीहरुले त्यहाँको एउटा प्रसिद्ध विद्यालयका शिक्षकलाई हिरासतमा लिएका छन् । विद्यार्थीहरुलाई अनुशासनहीन कार्य गर्न उक्साएको अभियोगमा प्रहरीले मंगलवार ती शिक्षकलाई नियन्त्रणम लिएका हुन् ।

स्टोन माउण्टेनस्थित दी च्याम्पियन स्कूलका क्वीन्टीन राइट नामक ती शिक्षकले विद्यार्थीहरुलाई कक्षामै अश्लील हर्कत गर्न उक्साउँने गरेको अभियोग लगाइएको छ । एक १४ वर्षीय विद्यार्थीका आमाले आफ्नो छोराको मोबाइलमा अश्लील एसएमएस लगायतका सामाग्री भेट्टाएपछि उनको पोल खुलेको हो ।

प्रहरी अनुसन्धानबाट ती २५ वर्षीय शिक्षक राइटले कक्षामै सेक्सका बारेमा अनेक कुराहरु सुनाएर विद्यार्थीहरुलाई यौन शोषण गर्नुका साथै विद्यालय परिषरमै विद्यार्थीहरुलाई यौन सम्पर्क राख्न उक्साउँने गरेको पाइएको छ । यौन सम्पर्क राख्न चाहने विद्यार्थीहरुलाई उनी आफैंले कण्डोम उपलब्ध गराउँने गर्थे । र,यौन सम्पर्क राख्न चाहने विद्यार्थी जोडीका लागि उनले विद्यालयकै स्टोर रुम उपलब्ध गराउँने गरेको विद्यार्थीहरुले बताएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यो घट्ना सार्वजनिक भएसँगै विद्यालय व्यवस्थापनले शिक्षक राइटलाई निलम्वन गरेको थियो । हाल शिक्षक राइट विरुद्ध यौन दुव्र्यवहार लगायतका विभिन्न अभियोगमा मुद्दा चलाइरहेको समाचारमा उल्लेख छ ।

Comments