असन, पाटन लगायतका मूख्य ब्यापारिक क्षेत्रमा गुठी संस्थानको जग्गामा बनेको घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र रहेको खुलासा भएको छ ।

संस्थानका मुख्य प्रशासक नारायण चौधरीका अनुसार गुठी संस्थानका ती क्षेत्रमा रहेको जग्गामा निर्मित घरको मासिक भाडा ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र लिदै आएको छ । ब्यवस्थापिका संसदको अन्तराष्र्टि«य सम्बन्ध तथा श्रम समितिमा भूमिसुधार तथा ब्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले पनि पाटन दरबार स्क्वायर क्षेत्रमा घरको भाडा अहिले पनि २५ रुपैयाँसम्म रहेको बताउँनुभयो । प्रचलित कानूनअनुसार भाडा लिनुपर्ने उहाँको धारणा छ ।

राणाकै पालामा ‘बहाल बुझाएसम्म सन्तान, दरसन्तानसम्म भागचलन गर्नु’ भन्ने लेखिदिएकै भरमा उनीहरुले भोगचलन गर्दै आएका हुन् । त्यसबापत संस्थानलाई मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म भाडा बुझाउने गरेको संस्थानका सहप्रशासक हेमराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यहाँको घर हेरी ६, १०, १५, २५ रुपैयाँसम्म संस्थानलाई उठ्ने गरेको छ । तर कतिपय सटरमा ब्यापार गर्नेले भने अहिले चलनचल्तीमा रहेको भाडा बुझाएका छन् । उनीहरुले बुझाएको रकम कसले उठाउँछ, कहाँ बुझाउँछ भन्नेसम्म जानकारी नभएको चोधरीले बताउँनुभयो ।

Comments