राष्ट्रपति डा रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा गर्नुभएको सेना परिचालन असार मसान्त सम्म मात्र हुने स्पष्ट पारेको छ । राष्ट्रपति यादवले आगामी असार मसान्तसम्म नेपाली सेना प्रयोग र परिचालन गर्ने स्वीकृति दिनुभएको हो ।

राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ को उपधारा (३) बमोजिम २०७२ साल वैशाख १२ गते शनिबारदेखि प्राकृतिक विपत्ति परेकाले नेपाली सेना परिचालन हुँदै आएकामा असार मसान्तसम्म त्यसलाई निरन्तरता दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Comments

comments