सामाजिक संजाल फेसबुक नचलाउने को छ र हिजो आज भन्ने तपाई लग्नु स्वाभाविक हो | फेसबुकमा प्रोफाइल पेज र लाइक पेज अर्थात फयान पेजको प्रयोग हुन्छ | प्रोफाइल पेज व्यक्तिगत प्रयोजनको लागि हो भने लाइक वा फ्यान पेज सेलिब्रेटीहरुले आफ्ना फ्यानहरुका लागि प्रयोगमा ल्याउने गरेका छन् | त्यसो त लाइक पेजको महत्व अहिले ब्यापारिक प्रयोजनका लागि बिज्ञापनको उपयुक्त माध्यम पनि बनेको छ |

फेसबुकले सेलिब्रेटिहरुको पेजलाई आधिकारिकता प्रदान गर्ने गरेको छ | लोकगायिकाद्धय सुनिता दुलाल र मुना थापामगरको पेजले आधिकारिकता पाएको केहि समय पछि नायिका नम्रता श्रेष्ठको पेजलाई पनि फेसबुकले आधिकारिकता  प्रदान गरेको हो  । नम्रता फेसबुक पेज भेरिफाइड हुने पहिलो नेपाली नायिका हुन् ।

फेसबुकमा नम्रताको २ लाख भन्दा धेरै फ्यानहरु भएकी नम्रताले धेरै पेज लाइक भएका रेखा थापा, हरिवंश आचार्य, केकी अधिकारीलाई समेत उछिनेकी छिन् |

Comments

comments