केही समय यता अन्र्तारष्ट्रिय राजनीति, व्यापार, व्यवस्थापन, लगायतका महत्वूर्ण क्षेत्रहरुमा औपचारिक तथा अनैपचारिक कुराकानीका लागि नयाँ शैलीको प्रचलन बढेको छ –त्यो हो सहभागीहरुबीच हिड्दा हिड्दै र उभिएरै गर्ने वैठक अर्थात वाकिङ्ग मिटिङ्ग । व्यवस्थापनका विज्ञहरुका अनुसार यस्तो किसिमको चलनले सम्वन्धलाई सामान्यकृत गर्न एवं सम्वन्धलाई सहज वनाउन सजिलो हुने वताउछन् । त्यसमाथि केही समय यता विश्वका प्रभावशाली नेताहरुले समेत यसलाई प्रयोग गर्न थालेपछि वाकिङ्ग मिटिङ्गको चलनले थप चर्चा पाएको छ ।

भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा विशेष अतिथिकोरुपमा आएका अमेरिकी राष्ट्रपति बाराक ओवामाले करिब डेढ घण्टा सम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाकिङ्ग मिटिङ्ग गरे । हैदरवाद हाउसको कम्पाउन्डमा भएको उक्त छलफललाई उपस्थित दर्जनौं अतिथीहरुले रमाईलो मानिमानि हेरिरहे । अनौपचारिक छलफलमा चञ्चले स्वभावका अमेरिकी राष्ट्रपति ओवामाले वाकिङ्ग मिटिङ्ग चलिरहँदा मोदीको कपडा मिलाईदिएको एवं दुवै नेताहरुले हिड्दै रोचक किसिमले धाप मार्दै कुराकानी गरेको दृष्यले हेर्नेहरुका लागि समेत रमाईलोपनको महसुस गराएको थियो ।

यस घटना अघि फेसवुकका मालिक मार्क जुकरवर्ग र ट्वीटरका जैक डोरबीच सन् २०१३ को वाकिङ्ग मिटिङ्गको भिडियो इन्टरनेटमा भाईरल बनेको थियो । वाकिङ्ग मिटिङ्गको महत्व र प्रयोग त्यस यता ह्वात्तै बढेको हो । व्यवस्थापनका विज्ञहरुका अनुसार वाकिङ्ग मिटिङ्गको फाईदा धेरै छन् । उनीहरुका अनुसार पहिलो त यसले वार्ताकारहरुबीचको सम्वादलाई सहज र रोचक बनाउछ । जसले गर्दा जटिल मुद्दाहरुमा पनि सहमति खोज्न सहज हुन्छ । दोस्रो यसले आत्म विश्वास बढाउनुका साथै वार्तामा सिर्जनशीलतापनि ल्याउछ । यस्ता बैठकहरुमा विद्युतीय सामाग्रीहरुको प्रयोग नगरिने हुदा वार्ताकार एक एर्कालाई ध्यानपूर्ण नियालिरहन पाउँछन्, जसले निकटतालाई बढाउछ । वाकिङ्ग मिटिङ्गको तेस्रो फाईदा भनेको यसले स्वास्थ्यलाई समेत राम्रो गर्छ,शारीरिक एवं मानसिक दुवैरुपमा ।

सन् २०१४ मा अमेरिकाको स्टैन र्फड विश्वविद्यालयले आफ्ना १७६ विद्यार्थीहरु माझ गरेको अध्यन अनुसारपनि वाकिङ्ग मिटिङ्गले विद्यार्थीबीच स्वस्थ्य एवं सहयोगात्मक सम्वन्ध विकास गर्न धेरै मद्यत गरेको तथ्य फेला पारेको थियो । तर वाकिङ्ग मिटिङ्गलाई महत्वपूर्ण मान्नेहरु यस किसिमका बैठकहरु थोरै समयकोलागि मात्र गरिनुपर्ने वताउँछन् । वाकिङ्ग मिटिङ्गको अभ्यास युरोप र अमेरिकन देशहरुमा बढी हुन थालेको छ । आज भोलि विभिन्न कम्पनी एवं संस्थाहरुले समेत वाकिङ्ग मिटिङ्गको अभ्यास गर्न थालेका छन् । हुन त हिडेर कुराकानी गर्ने चलन नया त होईन तर त्यसलाई महत्वपूर्ण छलफल र वहसकोलागि समेत उच्च स्तरका राजनेताहरु एवं महत्वपूर्ण व्यक्तिहरुले समेत छलफलको एक तरिकाको रुपमा विकास गर्नुलाई महत्वूर्ण मानिएको छ ।

सधैं वार्ताको रटान रटी औपचारिक एवं अनौपचारिक बैठकमा बस्ने तर कहिल्यै ठोस सहमति गर्न नसक्ने हाम्रो मुलुकका नेताहरुले पनि यो तरिकालाई अनुसरण गर्नु अझ किफायतीपूर्ण हुनेमा दुई मत छैन ।

Comments