सनी लियोनी बलिउडकी सबैभन्दा बोल्ड नायिका मानिन्छ । उनै सनी लियोनीलाई टक्कर दिने भएकी छिन् नेपालकी सृष्टि श्रेष्ठले । मिस नेपाल समेत रहिसकेकी श्रृष्टि अभिनित एउटा नयाँ गीत बलिउडमा हालै मात्र सार्वजनिक गरिएको छ ।

बलिउड नायिका सन्नी लियोनीले अभिनय गरेको असफल चलचित्र ज्याकपोर्टको कभी जो बादल बर्षे बोलको गीतको अनप्ल्ग्डमा श्रृष्टीले मूख्य मोडलका रुपमा अभिनय गरेकी हुन् । यो गीतलाई भारतको चर्चित म्यूजिक कम्पनी टीसिरिजले आफ्नो युटुब च्यानलमार्फत मंंगलबार सार्वजनिक गरेको हो ।
गीतमा श्रृष्टीसँगै चलचित्र ज्याकपोर्टका नायक सचिन जोशी देखिएका छन् । तर, भिडियोको क्रेडिटमा सचिनको नाम उल्लेख भएपनि श्रृष्टीको नाम भने राखिएको छैन । गीतको भिडियोमा श्रृष्टी निकै बोल्ड देखिएकी छिन् ।

उनले बलिउड अभिनेत्रीहरुले जस्तै खुलेर अभिनय गरेकी छिन् । यो गीत सार्वजनिक भएसँगै श्रृष्टीको बलिउड ढोका खुलेको अड्कल काटिएको छ ।

श्रृष्टीले नेपाली चलचित्र जारमा अभिनय गर्ने चर्चा चलेपनि अझै यो पक्का भएको छैन ।

Comments

comments