गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले पहिलो भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक गाउँको पुनर्निर्माणमा चासो देखाउनुभएको छ । आइतबार बारपाक पुग्नुभएका घलेले गाउँको पुनःनिर्माणबारे स्थानीयबासीसँग छलफल गर्नुभएको हो । बारपाक घले गुरुङ समुदायको बाहुल्यता रहेको गाउँ हो ।

झण्डै १४ सय परिवार रहेको पर्यटकीय बारपाक गाउँ अहिले खण्डहर बनेको छ । अध्यक्ष घलेले त्यहाँका स्थानीयबासीसँग कसरी पुर्ननिर्माण गर्न सकिन्छ, उनीहरुको चाहना कस्तो गाउँ बनाउने छ लगायतका बिषयमा छलफल गर्नुभयो ।

स्थानीयबासीले आफुहरु बारपाकलाई पुननिर्माण गरेर नमुना गाउँ बनाउन चाहेकाले त्यहाँबाट बसाई सराई नगर्ने बताए । उनीहरुले भूकम्प प्रतिरोधी तर स्थानीयपन झल्किने घरहरु बनाउन चाहेको बताएका थिए । फेरि पनि बारपाकलाई पर्यटकीय गाउँ बनाउने र होमस्टे लगायतका सम्भावना खोजी गर्ने उनीहरुले बताए । खेतीपाती पर्याप्त नहुने भएकाले पर्यटन लगायतका आयआर्जनको स्रोतको पनि विकास गर्नुपर्ने उनीहरुको जोड थियो ।

यसैवीच गैरआवासीय नेपाली संघका अध्यक्ष घले सहितको राहत वितरण टोली दोलखा र सोलुखुम्बुका प्रभावित क्षेत्रमा पुगेका छन् ।

Comments