नाइजेरियामा एक रेष्टुराँमा मान्छेको मासुका परिकार विक्री गर्ने गरेको खुलासा भएको छ । मान्छेको मासुका परिकार पाउँने जानकारी पाउँने वित्तिकै स्थानीय अधिकारीहरुले तत्काल उक्त रेष्टुराँलाई बन्द गराएको छ । नाइजेरियाको दक्षिण–पूर्वी प्रांत अनमबरास्थित एक रेष्टुराँमा मान्छेको मासुका विभिन्न परिकार ग्राहकहरुलाई दिने गरेका थिए । स्थानीयहरुले यसबारेमा प्रहरीलाई गोप्य सूचना दिएपछि प्रहरीले रेष्टुराँमा छापा मारेको थियो । छापा मार्नेक्रममा प्रहरीले रेष्टुराँको किचनबाट ब्यागमा राखिएको एउटा मानव टाउको समेत बरामद गरेको थियो ।

अनमबरास्थित उक्त रेष्टुराँमा खाना खाएका एक पादरीलाई खानाको मूल्य तुलनात्मक रुपमा कम पाइएपछि शंका लाग्यो । रेष्टुराँको खानामा केही गडबढी रहेको उनको आशंका थियो । खानाको मूल्य ७ सय नाइरा अर्थात २.२० युरो मात्र थियो । उक्त मूल्य खानाको तुलनामा निकै कम थियो । यसका बारेमा ती पादरीले रेष्टुराँका अधिकारीसँग कुरा गर्दा मासुको सानो टुक्रा मात्र भएकोले मूल्य कम भएको जवाफ दिएका थिए ।

यो मामिला प्रहरीसम्म पुगेपछि प्रहरीले रेष्टुराँमा आकस्मिक छापा मार्यो । त्यसक्रममा प्रहरीले रेष्टुराँबाट ग्रिनेट सहितका थुप्रै हतियार बरामद गरेको थियो । यसबारेमा प्रहरीले अहिलेसम्म करिब १० जनालाई नियन्त्रणमा लिएको छ । उक्त रेष्टुराँमा पहिलेदेखि नै मान्छेको मासुका परिकार विक्री हुँदै आएको स्थानीयहरुले दाबी गरेका छन् ।

Comments

comments