भूकम्प पछि काठमाडौँ उपत्यकामा आपराधिक घटनामा कमि आएको प्रहरीले जनाएको छ । प्राकृतिक विपत्तिका बेला आपराधिक गतिविधि बढ्नसक्ने वास्तविकतालाई दृष्टिगत गरी नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा गस्ती बढाएपछि चोरीलगायत गैरकानुनी घटना घटेका पाइएको हो ।

वैशाख १२ गतेको भूकम्पपछि काठमाडौँ उपत्यकाको चोरीलगायत अवाञ्छित क्रियाकलापमा कमी आएको महानगरीय प्रहरी महाशाखा टेकुका प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीले बताउनुभयो ।

उहाँले भूकम्पअघि हप्तामा आठवटा चोरीका घटना भएकामा भूकम्पपछि चार वटा त्यस्ता घटना भएका जानकारी दिनुभयो ।

महाविपत्तिका बेला अत्यावश्यक वस्तुको मूल्यवृद्धि र कालोबजारी गरेको अभियोगमा २५ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत फेरि ठूलो भूकम्प जान्छ भन्दै सर्वसाधारणमा त्रास फैलाउएको आरोपमा महाशाखाले २० जनालाई पक्राउ गरेको छ ।

Comments

comments