अमेरिकाको टेक्ससमा दुई बाइकर्स ग्याङबीच गोलीबारी सहितको झडप हुँदा नौ जनाको मृत्यु भएको छ ।

टेक्ससको वाको शहर स्थित सेन्ट्रल टेक्सस मार्केट प्लेसको ट्विन पीक्स स्पोर्ट्स बार एंड ग्रिलमा भएको फिल्मी शैलीको उक्त ग्याङ फाइटमा कुनै प्रहरीको भने ज्यान नगएको प्रहरी अधिकारीले बताए । यस्तै रेष्टुराँका सबै कर्मचारी पनि सकुशल रहेको बताइएको छ ।
एक प्रत्यक्षदर्शी मिशेल लोगानका अनुसार रेष्टुराँको कार पार्क गर्ने स्थल युद्ध क्षेत्र जस्तै बनेको थियो । पार्किङ क्षेत्रमा करिब ३० वटा बन्दुकबाट झण्डै १०० राउण्ड गोली चलाइएको प्रत्यक्षदर्शीहरुले बताए ।

पुलिस प्रवक्ता सर्जेन्ट वी पैट्रिक स्वान्टनले ग्याङ फाइटमा संलग्न व्यक्तिहरु त्यहीका स्थानीय भएको भन्दै पुनः अर्को झडप हुनसक्ने चिन्ता व्यक्त गरे । त्यसैले सतर्क रहन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।

Comments