तपाई भूतप्रेतमा कतिको विश्वास गर्नुहुन्छ ? त्यसो त आधुनिक समाजमा भूतप्रेत लगायतका मान्यताहरुलाई अन्धविश्वास मानिन्छ । तर आधुनिक विचारधारा बोकेका पश्चिमा राष्ट्रका केही नागरिकहरु समेत अझै यस्ता अन्धविश्वास राख्दछन् । आफ्ना नागरिकमा विद्यमान यस्तै अन्धविश्वासका कारण इटाली सरकार यतिखेर हैरान बनेको छ ।

italy-ghost-town_14317734
इटालीमा यस्ता धेरै शहरुहरु छन्,जहाँ नागरिकहरु बस्न त के दिउँसो कार्यालयमा जान समेत डराउँछन् । त्यसैले भूताहा शहरका रुपमा परिचित ती शहरका घर र वस्ती नै अहिले रित्तो अवस्थामा छन् । ती शहरहरुमा अहिले पनि अनेक प्राकृतिक प्रकोप र अपहरणका घट्नाहरु भैरहने नागरिकहरुको विश्वास छ । त्यसैले त्यहाँका सबै स्थानीयहरुले आफ्नो घर र शहर नै छोडेर हिडेका छन् । नागरिकहरुमा देखिएको यस्तो अन्धविश्वासबाट इटाली सरकार समेत यतिखेर हैरानीमा परेको छ । त्यसैले यसलाई चिर्न त्यहाँको सरकारले हालै मात्र एउटा आकर्षक योजना सार्वजनिक गरेको छ । नयाँ सरकारी योजना अनुसार ती शहरहरुमा बस्न इच्छुक नागरिकहरुलाई मात्र एक युरोमा सिंगै घर दिने भएको छ ।

italy-ghost-village8_1431
इटालीको गांगी, सिसिली, केरेगा लिगर, पिडमान्ट र लेके नी मार्सी क्षेत्र भुतहा र मान्छेका लागि दुर्भाग्यपूर्ण ठाउँका रुपमा परिचित छन् । एटना माउंटेन सहित हरियो वनजंगलयुक्त यस क्षेत्र प्राकृतिक रुपमा भने निकै सुन्दर छन् । तर स्थानीयहरुमा विद्यमान अन्धविश्वासलाई अझै पनि चिर्न नसके सिंगो शहरकै अस्तित्व समाप्त हुने भन्दै स्थानीय अधिकारीहरुले नयाँ योजना सार्वजनिक गरेका हुन् । त्यसैले यहाँका घरहरुलाई मात्र एक यूरोमा बेच्न लागेका हुन् । तर यसका लागि केही शर्तहरु पनि पूरा गर्नुपर्नेछ । घर किन्नेले धेरै समयसम्म मानवरहित अवस्थामा रहेका यहाँका घरहरुलाई मर्मत भने आफैं गर्नुपर्नेछ । त्यसका लागि झण्डै १८ लाख रुपैयाँसम्म खर्च हुने अनुमान छ ।

Comments

comments