चीनका एक खर्बपति व्यापारीले जापानकी चर्चित पोर्न स्टारलाई आफ्नो पर्सनल सेक्रेटरीमा नियुक्त गरेका छन् ।

ती खर्बपति व्यापारीले रोला मिसाकी नामक पोर्न स्टारलाई आगामी १५ वर्षका लागि आफ्नो पर्सनल सेक्रेटरीमा नियुक्त गरेका हुन् । मिसाकी रसियन मूलकी जापानी नागरिक हुन् । अर्थात उनकी आमा जापानी हुन् भने उनी रूसी पिताका छोरी हुन् । भर्खरै २२ वर्ष पुगेकी उनी वास्तवमा चलचित्र क्षेत्रमा नायिकाको रुपमा आफ्नो करियर बनाउँन चाहिन्छन् । त्यसैको शुरुवातका रुपमा उनले वयस्क चलचित्रमा अभिनय गरेकी थिइन् । हालै चीनको बेजिङमा आयोजित एक समारोहमा चिनीयाँ खर्बपतिसँग मिसाकीलाई पहिलोपटक देखिएकी थिइन् । चीनमा सिरियस ब्रदरका नामले परिचित ती व्यापारीसँगको सम्बन्धले आफ्नो एक्टिङ करियरलाई पनि मद्दत पुग्ने मिसाकीको विश्वास छ । तर सिरियस ब्रदरसँग यी जापानी सुन्दरीको सम्बन्ध पर्सनल सेक्रेटरीको रुपमा मात्र नरहेको धेरैको अनुमान छ ।

निकै सुन्दर र आकर्षक व्यक्तित्वका कारण मिसाकी वयस्क चलचित्रका धेरै दर्शकहरुको प्रिय मानिन्छिन् । त्यसैले उनका भिडियोहरु निकै हिट हुने गरेका छन् । उनी जापानी भए पनि उनका धेरै प्रशंसकहरु भने चीनका रहेका छन् । चीनीयाँ सामाजिक सञ्जालहरुमा मिसाकीको फ्यान पलोइङ संख्या झण्डै ९० लाख रहेका छन् ।

मिसाकीलाई जापानको नेशनल ट्रेजर ब्यूटी र नंबर वन मेन्स गाडेजका रुपमा पनि चिनिन्छन् । त्यसैले उनका प्रशंसकहरु खर्बपतिसँगको अनुबन्धनपछि पनि मिसाकीलाई वयस्क चलचित्रहरुमा हेरिरहन चाहन्छन् । तर मिसाकीले भने वयस्क चलचित्र नभई मूलधारका चलचित्र आफ्नो गन्तव्य भएको स्पष्ट पारेकी छिन् ।

Comments

comments