नेपालमा बैसाख १२ गते गएको महाविनासकारी भूकम्प र त्यस यता गएका साना ठुला स्तरका पराकम्पनहरुले मानिसहरुको जनजीनव लगभग अस्तव्यस्त प्रायः बनाएको छ। इतिहासकारहरु भन्दछन् नेपालको इतिहासमै यति विघ्न त्रासमा नेपाली समुदाय कहिल्यै बाच्न परेको थियो चाहे त्यो इतिहासका युद्धहरु नै किन नहुन। बैसाख १२ पछि दर्जनौं पराकम्पनमाझ बैसाख २९ गते गएको अर्को ६ दशमलव ८ रिक्टर स्केलको पराकम्पनले त झन नेपाली जनजीवनलाई त्रस्त बनायो। ठुला भूकम्पपछि लामो समय पराकम्पन जान सक्ने विश्वका अन्य देशहरुमा आएका भूकम्पोत्तर अवस्थालेपनि पुष्टि गरेको छ ।

सन् अगष्ट ३, २०१४ मा करिब ७ सय मानिसहरुको ज्यान लिनेगरी चीनको युनान प्रान्तमा आएको ६ दशमलब १ रिक्टर स्केलको भूकम्पछि त्यँहा एक हप्तासम्म ५ रिक्टर स्केलका दर्जनौ पराभूकम्पहरु गएका थिए । त्यस अवस्थालाई अनुमानगरी चिनिया अधिकारीहरुले आम मानिसलाई सचेत रहन आग्रह गर्दै पराकम्पनको मानवीय क्षतिलाई कम गर्न सफल भएका थिए । पाकिस्तानको बलुचिस्तानमा २४ सेप्टेम्वर, २०१३ मा गएको ७ दशमलव ७ रिक्टर स्केलको भूकम्पले गर्दा ८ सय २५ जनाको मृत्व भयो । त्यसको एक हप्तासम्म आएका दजैनौं पराकम्पनहरुमध्ये दुई ठुला पराकम्पनहरुले थप मानविय क्षति ग¥यो । साथै चर्किएका पुरानौ सयौं घरहरु समेत पराकम्पनले ध्वस्त पा¥यो। जापानको टोहुकु सहर नजिकैको प्रशान्त क्षेत्रमा ११ मार्च, २०११ म गएको भूकम्प र त्यस लगत्तैको सुनामीमापरि १५ हजार भन्दा बढिले ज्यान गुमाउनु प¥यो । ९ रिक्टर स्केलको उक्त भूकम्पपछि करिब दुई हप्ता सम्म थुप्रै पटक पराकम्पन गएको जापानी अधिकारीहरु वताउछन् । ८ दशमलव ८ रिक्टर स्केलको २७ मार्च ,२०१० मा चिलीमा आएको भूकम्पमापरि जम्मा ५ सय २५ जनाले ज्यान गुमाए । त्यसको एक महिनासम्म करिब १ सय पटक आएको पराकम्पनले पनि चिलीमा खासै मानवीय एवं भौतिक क्षति पु¥याउन सकेन् । त्यसको मूख्य कारण चाँहि सन् १९८५ पछि चिलीमा निर्माण गर्न लागिएको भूकम्प प्रतिरोधात्मक संरचना नै भएको भूगर्भ विदहरुको निष्कर्ष छ ।

हाईटीमा १२ जनवरी, २०१० मा गएको ७ रिक्टर स्केलको भूकम्पले ठुलो मानवीय एवं भौतिक क्षति पु¥यायो । दशकौं देखिको राजनीतिक अस्थिरताका कारण बनेका कमजोर संरचना र व्यवस्थापनले गर्दा २ लाख २० हजारले ज्यान गुमाउनु प¥यो । त्यँहा उक्त भूकम्प पछिको १२ दिन भित्र ४ दशमलव ५ रिक्टर स्केल माथिका ५२ पराकम्पनहरु गएका थिए । त्यसमाथि थप साँढे तीन हजारले ज्यान गुमाए साथै थप भौतिक संरचनाहरुमा क्षति पु¥यायो । विडम्वना भन्नु पर्छ हाईटीका सरकारले अझै सम्मपनि भूकम्प प्रतिरोधात्मक योजनाहरुलाई कार्यान्वयन गर्न सकेको छैन । भूकम्पोत्तर योजना र विकासमा हाईटी विश्वमै एक असफल उदाहरण मानिन्छ । ३० सेप्टेम्वर, २००९ मा ईन्डोनेसियाको सुमात्रा टापुमा गएको ९ दशमलव १ रिक्टर स्केलको भूकम्प र त्यसपछिको सुनामीमापरि झण्डै २ लाख ३० हजारको मृत्यु भयो । एक महिनामासम्म त्यँहापनि साना ठुला अनगिन्ती पराकम्पनहरु गए । तर भौतिक क्षति भएपनि मानवीय क्षति थप हुन पाएन सरकारी अधिकारीहरुको सफल अभियानका कारण ।

चीनको सिचुवान प्रान्तमा २ मिनट लामो ८ रिक्टर स्केलको भूकम्प १२ मे, जनवरी २००८ मा गयो। करिब ६९ हजार मानिसहरुको ज्यान लिएको उक्त भूकम्प चीनमा सन् १९७६ पछिको ठुलो मानिन्छ । एक हप्तामा २ सय ८४ पराकम्पनहरु आएको उक्त घटनामा थप मानवीय एवं भौतिक क्षति हुन पुग्यो। पेरुमा ८ रिक्टर स्केलको भूकम्प १५ अगष्ट २००७ मा गयो। तर पहिलै देखिको सरकारको गतिलो तयारी र योजनाका कारण जम्मा ५ सय १९ जनाको मृत्व एवं एकदमै कम भौतिक क्षति हुन पुगेको विज्ञहरुको भनाई छ। उक्त ठुलो भूकम्पको एक हप्तासम्म पेरुमा १७ वटा ४ रिक्टर स्क्ेल माथिका पराकम्पन गएका थिए तर त्यसले खासै असर पुर्याउन सकेन। भूकम्प प्रतिरोध योजनाको सफल कार्यान्वयन गर्ने थोरै देशहरुमध्ये पेरुपनि पर्ने विज्ञहरुको भनाई छ। पाकिस्तान शासित कास्मिरको मुजफ्रवादलाई केन्द्र बनायर ८ अक्टोवर, २००५ मा गएको ७ दशमलव ६ रिक्टर स्केलको भूकम्पमापरि करिब ८० हजारले ज्यान गुमाउन पुगे। त्यसको तीन सातासम्मपनि दर्जनौ पटक गएका साना ठुला पराकम्पनहरुले गर्दा मानिसहरु त्रसित बनिरहे।

पाकिस्तानले अझैसम्मपनि भूकम्पको असर रोकथामकोलागि ठोस कार्य गर्न नसकेको विज्ञहरुको आरोप छ। इन्डोनेसियामानै ८ दशमलव ६ रिक्टर स्केलको भूकम्पले सुमात्रा प्रायद्धिप क्षेत्रमा १३०० जनाको ज्यान लियो सन् २००५ मार्च २८ मा। दुई साता सम्म त्यँहा ४ रिक्टर स्केलका दुई दर्जन पटक पराकम्पन गए। त्यसल ेपनि थप क्षति पुर्यायो। इन्डोनेसियाली अधिकारीहरुले पराकम्पनवाट नागरिकलाई जोगाउन अथक प्रयासहरु गरेका थिए। नेपालको सन्र्दभमा भन्नुपर्दा बैसाख १२ गतेको ७ दशमलव ८ रिक्टेर स्केलको महाविनासकारी भूकम्प पश्चात हाल सम्म ४ रिक्टर स्केलमाथिका २२८ पराकम्पनहरु गएका छन्। त्यस भन्दा साना पराकम्पनहरु अनगिन्ती गएका छन् । त्यस्ता पराकम्पन २ हजार भन्दा बढि गएको अनुमान छ । ती मध्य बैसाख १३ गतेको ६ दशमलव ९ र बैसाख २९ गतेको ६ दशमलव ८ रिक्टेर स्केलको पराकम्पनहरु सवैभन्दा ठुला थिए। अमेरिकी जियोलोजिकल सर्वेका अनुसार यी दुई ठुला पराकम्पन विश्वमा आएका ठुला भूकम्पपछिका ठुला पराकम्पन मध्ये पर्दछन्। अमेरिकन जियोलोजिकल सर्वेलेले २९ गतेको पराकम्पलाई ७ दशमलब ३ मापन गरेको छ ।

पराकम्पनले पृथ्वीको लिथोस्फ्ेर तहमा संचित इनर्जीलाई बाहिर ल्याई केही समय सम्म ठुला भूकम्पजानबाट बचाउने विज्ञहरुको अनुसन्धानले वताएको छ। तर कमजोर घर वा भवन संरचनाका कारण पराकम्पनलेपनि अकल्पनीय मानविय एवं भौतिक क्षति पु¥याउने भएकोले सचेत रहनपनि विज्ञहरुको सुझाव छ। नेपालका कुनैपनि सरकारहरुले भूकम्पको क्षति न्युनीकरण गर्ने कुरालाई कहिल्यै गम्भिररुपमा लिएनन्। लामो राजनीतिक अस्थिरता र दलीय खिचातानीले गर्दा भूकम्प जस्तो संवेनशिल विषय ओझेलमा पर्दै आयो। जसको कारण बैसाख १२ को भूकम्पले नेपाली सत्ता र दलहरुको होश उडायो। साथै जनआक्रोसपनि बढेर गयो। सरकारको कमजोर तयारी र भूकम्पको कारण भत्किएका र चर्किएका कारणले अझै दुई हप्तासम्म पराकम्पनहरुवाट सचेत रहनुपर्ने भूकम्प विज्ञहरुको सुझाव छ।

Comments