एजेन्सी । डिफेन्डिङ च्याम्पीयन कोलकोत्ता नाइट राइडर्सलाई ९ रनले हराउँदै राजस्तान रोयल्स इन्डियन प्रिमियर लिगको दोस्रो चरणमा प्रवेश गरेको छ।

मुम्बईमा भएको लिग चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन कोलकोत्तालाई हराउने क्रममा राजस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सेन वाट्सनको सतकीय पारीसँगै १९९ रन बनाएको थियो। राजस्तानका लागि अजिन्के रहानेले ३७ रन बनाए।

२०० रनको लक्ष्य लिएर मैदानमा आएको साहरूख खानको टिमले १९० रन मात्र बनाउन सक्यो। कोलकोत्ताका लागि युसुफ पठानले सर्वाधिक ४४ रन बनाए। अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा साकिब अल हसन अन्तिम ओभरको पहिलो बलमै क्याच आउट भएपछि ९ रन मात्र बनाउन सक्यो।

Comments

comments