भूकम्पको पराकम्पन जाने क्रम शनिवार विहान पनि जारी छ ।

शनिवार विहान ७ बजेभित्र नै पाँच पटक पराकम्पनको धक्का महसुस गरिएको छ । विहान २ः१५ देखि विहान ६ः३४ बजेभित्र आएका ती सबै पराकम्पन ४ रेक्टर स्केल भन्दा माथिका रहेको भूगर्भ विभागले जनाएको छ ।

यसैबीच शुक्रवारसम्म खतराको सूचीबाहिर रहेको नेपाल भूकम्पीय दृष्टिकोणले अघिल्लो ४८ घण्टाका लागि पुनः खतराको सूचीमा परेको छ । भूकम्प सम्बन्धी अध्ययन र पूर्वानुमान गर्ने अमेरिकी अनलाइन वल्र्ड अर्थक्वेक प्रेडिक्सनले नेपाललाई खतराको सूचीमा राखेर सावधानी अपनाउँन अपिल गरेको हो ।

Comments