काठमाडौं । सभासदहरु अनुपस्थित रहने भए पछि शुक्रबारका लागि तय भएको संविधानसभाको बैठक स्थगित गरिएको छ । स्थगित वैठक अब जेष्ठ १७ गते बस्ने छ ।

नेपालमा आएको महाभूकम्प पछि सबै सभासदहरु पीडितहरुको राहत र उद्धार कार्यमा लाग्नुपर्ने भएकाले बैठक जेष्ठ १७ दिउँसो तीन बजेका लागि सारिएको संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्धारा जारी सूचनामा उल्लेख छ ।

यसअघि बिहीबार बसेको राष्ट्रिय विपत ब्यवस्थापन अनुगमन तथा निर्देशन विषेश समितिको पहिलो बैठकले भूकम्प प्रभावित संकटग्रस्त १४ जिल्लामा अनुगमनका लागि संसदीय उपसमिति तत्काल नै खटाउने निर्णय गरेको थियो । उपसमितिमा बिभिन्न दलका सभासदहरु रहेका छन् ।

Comments