काठमाडौँ । मंगलबारदेखि हराएको अमेरिकी सेनाको युएच वान ह्यू हेलिकोप्टरको खोजीकार्य विहिवार पनि बिहानै देखि तीव्र पारिएको छ । खोजतलास गर्न नेपाली सेनाको कमान्डमा बुधबार दिनभर आकाश र जमिनमा विशेष सर्च अप्रेशन चलाएको थियो । तर हेलिकोप्टरको अवस्था अझै अज्ञात छ ।

विमानको खोजीका लागि बिहीबार बिहानैदेखि बर्दबहादुर गणबाट संभावित स्थानहरुमा पैदल टोलीहरु खटाइएको छ । हेलिकोप्टरको अवस्था बुझ्नका लागि बुधबार दिनभर नेपाली सेना, भारतीय वायुसेना र अमेरिकी सेनाका चारवटा हेलिकोप्टर दोलखा क्षेत्रमा पठाइएको थियो । पटकपटक दोलखाका सबै शंकास्पद स्थानमा हेलिकोप्टरबाट परिक्रमा गर्दा पनि बेपत्ता हेलिकोप्टरको इएलटी (इमरजेन्सी लाकेटर ट्रान्समिटर) सिग्नल पत्ता लाग्न सकेको छैन । सामान्य हेलिकोप्टरबाट इएलटी पत्ता नालगेपछि दिउँसो होमिङ बेकन सिस्टम भएको अमेरिकी सेनाको विशेष हेलिकोप्टर शंकास्पद क्षेत्रमा पठाइएको थियो।

घाइतेलाई उद्धार गर्न दोलखा जाने क्रममा अमेरिकी सेनाको हेलिकोप्टर मंगलबार अपरान्ह बेपत्ता भएको थियो।

हराएको हेलिकोप्टर खोज्नका लागि काठमाडौं गएका हेलिकोप्टरले चरिकोटलाई बेस बनाएका छन्। नेपाली सेनासँगको समन्वयमा खोजी कार्य तीव्र रुपमा भइरहेको छ। विमानमा नेपाली सेनाको रेञ्जर गणका एकजना क्याप्टेन र सुरक्षागार्ड र छ जना अमेरिकी रहेका छन्। यस अघि वुधवार केहि संचार माध्यमहरुले हेलिकोप्टर दोलखाको सिंगटीमा भेटिएको समाचार सम्प्रेषण गरेका थिए ।

Comments

comments