अमेरिकामा एक ८ वर्षीय बालकले नेपालका भुकम्प पीडितहरुको सहयताको लागि २६ हजार अमेरिकी डलर संकलन गरेका छन् । अमेरिकाको मेरिल्याण्ड बस्ने नेपाली मुलका बाबु आमाका छोरा नीभ सर्राफले एक्लो पहलमा सो रकम संकलन गरेका हुन् ।

खुत्रुकेमा पैसा जम्मा गर्ने बानी गरेका ती बालकले नेपालमा गएको भुकम्पबारे सुन्ना साथ आप्mनो खुत्रुकेमा रहेको पैसा नेपालका पीडितहरुलाई सहयोग गर्ने बारे आफ्ना बुवासँग जिज्ञासा राखेका थिए । नीभका बुवा प्रकाश सर्राफका अनुशार नीभले हरेका वर्ष आप्mनो जन्म दिनका दिन आप्mनो खुत्रुकेमा जम्म भएको पैसा सहयोग गर्ने गरेका छन् । उनले यस अघि पनि अमेरिकाका बेघरबार मानिसहरुलाई आफुले जमा गरेको रकम सहयोग गरेका थिए ।

नेपालमा आएको महाविनाशकारी भुकम्पबारे सुन्ना साथ उनले आप्mनो आगामी जन्म दिनको दिन उनको खुत्रुकेमा जम्मा भएको रकम नेपालका पीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको उनका बुवाले बताए । सहयोगको ईच्छा गर्दा उनको खुत्रुकेमा जम्मा ३ सय ८४ डलर जम्मा थियो । तर उनले नेपालका पीडितलाई सक्दो बढि सहयोग गर्न आप्mन्त र चिनाजानेका ब्यक्तिबाट रकम संकलन गर्ने उपाय सोचे । बुवाको अनुमति पाए पछि सहयोग संकलन शुरु गरेका नीभले पहिलो दिननै १८ सय डलर उठाउन सके । २४ मे मा जन्म दिन सम्म २५ सय डलर संकलनको लक्ष्य लिएका निभले अहिल सम्म नै एक्लो प्रयासमा २६ हजार अमेरिकी डलर संकलन गरि सकेका छन् । उनको अभियानमा उनका साथीहरुले पनि साथ दिए पछि उनिसँग अहिले २७ हजार २ सय ७६ डलर संकलन भई सकेको छ ।

नीभले २४ मे मा आउने आप्mनो जन्म दिन सम्म रकम संकलन जारी राखी नेपालका भुकम्प पीडितहरुलाई सहायता गर्ने जनाएका छन् ।

Comments