अष्ट्रेलिया सरकारले नेपालका भूकम्प प्रभावितहरुका लागि थप एक करोड डलर राहत दिने घोषणा गरेको छ ।

आइतवार विदेश मामिला मन्त्री जुलिया विशपले नेपालको पुननिर्माणमा खर्च गर्ने गरी थप आर्थिक सहयोगको घोषणा गरेका हुन् । नेपालीहरुको यो विपदको बेला अलिकति भए पनि अष्ट्रेलिया दुख बाँड्न इच्छुक रहेको आइतवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विशपले बताइन् ।

‘हामीले दिएको यो सहयोगले नेपालको पुननिर्माणमा थोरै भए पनि सहयोग पुग्नेछ’,उनले बताईन् । यस अघि पनि अष्ट्रेलिया सरकारले नेपालका भूकम्प पीडितका लागि १ करोड डलरको घोषणा गरिसकेको छ । तर सीधै रकम नेपाल सरकारलाई नपठाइ विभिन्न अन्तराष्ट्रिय तथा अष्ट्रेलियाली संघ संस्थाहरु मार्फत खर्चने पनि मन्त्री विशपले स्पष्ट पारिन् ।

Comments

comments