सरकारले भूकम्प प्रभावित १३ जिल्लामा १९ करोड ३० लाख रुपैयाँ आर्थिक राहत पठाएको छ ।

राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित क्षेत्रमा उद्धार तथा पुनस्र्थापनाका लागी खर्च गरिने गृहमन्त्रालयले जनाएको छ । सरकारले सबैभन्दा बढी रकम रामेछापमा ७ करोड रुपैयाँ पठाएको छ भने सबैभन्दा कम मनाङ, रुकुम र म्याग्दीमा ५/५ लाखको दरले पठाएको छ ।

गृहमन्त्री वामदेव गौतमले यसलाई प्राम्भिक राहत रकम भएको बताउँदै थप रकम निकासा हुने बित्तिकै अन्य प्रभावित जिल्लामा पनि पठाइने बताए ।

Comments

comments