लाङटाङमा दुई दिनदेखि लगातार हिमपहिरो गएपछि यसअघि पहिरोमा हराइरहेकालाई खोज्न समस्या भएको छ ।

लाङटाङमा शुक्रबारदेखि हिमपहिरो खसिरहेकाले खोजी गर्न समस्या भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले दिए । हिमपहिरोमा सेनाका १० जवान, पर्यटक र स्थानीय गरी एक सय ६३ जना हराइरहेको रसुवा प्रशासनले जनाए पनि तीन सयभन्दा बढी रहेको अनुमान छ । १५ दिनअघि भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएकाको खोजीकार्य जारी रहेकै बेला शुक्रबारदेखि फेरि लाङटाङमा हिमपहिरो चलेको हो । रिमालका अनुसार हिमपहिरोमा हराएकामध्ये ९० जनाको शव परिवारको जिम्मा लगाइसकिएको छ। फेला पारिएका शवमध्ये ६ विदेशीका छन् ।

सदरमुकाम धुन्चेबाट दुई दिनमा पुगिने लाङटाङमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र स्थानीयले हिमपहिरोमा पुरिएकाको खोजीकार्य जारी राखेका छन् ।

Comments

comments