इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबादसँग दिल्ली डेयरडेभिल्स ६ रनले पराजित भएको छ ।

रायपुरमा हैदराबादले प्रस्तुत गरेको १६३ रन लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । उसका लागि केदार जाधवले ६३ रनको शानदार पारी खेले पनि टोलीको हार टार्न सकेनन् । दिल्लीको सुरुवात निकै खराव थियो । श्रेयर अथ्यर शुन्यमै आउट भए । तर, अर्का ओपनर क्विन्टन डिककले पारी सम्हाले । उनले ३१ बलमा ५० रन बनाए । लगतै युवराज सिंह २ र जेपी डुमिनी १२ रनमा आउट भए ।

केदार जाधब र शौरभ तिवारीले पाँचौं विकेटका लागि ९१ रनको साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् । अन्तिम ओभरमा १६ रन चाहिएको थियो । इशान्त शर्माको पहिलो बलमा तिवारीले चौका हान्दै जितको आश देखाएका थिए । तर, त्यसपछि कुनै पनि बलका बाउन्ड्री गएन र ६ रनले पराजित भयो । जाधव ६३ र तिवारी २६ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको सनराजर्स हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

उसका लागि मोइज हेनरिक्सले उत्कृट पारी खेले । उनी ७४ रनमा अविजित रहे । ४६ बलको सामना गरेका उनले एक चौका र ५ छक्का हाने । शिखर धवन १३ र डेभिड वार्नर १७ रनमै आउट भए । इयान मोर्गानले २२ रन बनाए भने कर्ण शर्माले १६ रन जोडे । रवी बोपारा १७ रनमा अविवित रहे ।

Comments

comments