हिमालयन कङ्गारु । अष्ट्रेलिया पछिल्लो समय नेपाली गीत संगीतका लागि उर्भर भूमि बन्दै आएको छ । यहाँका विभिन्न राज्यहरुमा हप्तैपिच्छे जसो भैरहने कन्सर्ट,कलाकारहरुको आउजाउ मात्र होइन यहीबाटै कलाकारहरुको जन्मिने क्रम पनि बढ्दो छ ।

त्यसैमध्येकी पछिल्लो नाम हुन् –आकृति आचार्य । मेलबर्न निवासी आकृति सानै उमेरदेखि गीत संगीतमा रुची राख्थिन् । उनको सानैदेखिको उक्त रुचीलाई अहिले आएर उनको साकार पारेकी छिन् र नेपाली गीत संगीतमा आफ्नो उपस्थिति जनाउँन सफल भएकी छिन् । उनको स्वरमा समावेश ‘छाड्दिन भन्थेउ’ बोलको गीतको म्यूजिक भिडियो यतिखेर नेपाली श्रोता दर्शकहरु माझ लोकप्रिय बन्दै गएको छ । विकास लामिछानेले शब्द कोरेको यो गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् ।

जीवन रसाइलीको निर्देशन रहेको यस गीतको भिडियोको सम्पूर्ण छायांकन समेत आकृतिले अष्ट्रेलियामा नै सम्पन्न गरेकी छिन् ।

चाँडै अर्को गीत पनि बजारमा ल्याउँने तयारीमा रहेकी गायिका आचार्य आफ्ना श्रोता र दर्शकहरुबाट प्राप्त माया र सपोर्टले आफूमा अझ आत्मविश्वास बढाएको बताउँछिन् । आफ्नो बाल्यकालदेखिको रुचीले संगीत क्षेत्रमा लागेको बताउँने उनले संगीतले आफूलाई आत्मिक शान्ति समेत दिने बताउँछिन् ।

aa1
नयाँ नयाँ स्वाद र शैलीका गीत संगीत सुन्न रुचाउँने गायिका आकृति त्यसरी नै नेपाली गीत संगीतमा पनि नयाँ र फरक शैलीको प्रयोग गर्न रुचाउँछिन् । तर नयाँ र फरकपनको निहूँमा नेपालीपनलाई भने विर्सन नहुनेमा उनी सचेत छिन् ।

भविष्यमा गीत संगीतकै क्षेत्रमा केही नयाँ काम गर्ने योजना समेत बनाएकी उनी भन्छिन्–शायद नेपाली गीत संगीतको स्तरीयकरणका लागि केही गर्नेछु ।

संगीत क्षेत्रमा लागेर के पाएँ वा गुमाएँ ? भनेर हिसाव किताव गरिहाल्ने बेला भैनसकेको बताउँदै यी सुन्दरी गायिकाले सुनाईन्–तर संगीत क्षेत्रमा म आफैं कता कता हराइरहेको सखद अनभुव भैरहेको छ ।

Please follow and like us:

Comments