बेलायतमा प्रधानमन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । कुल ६ सय ५० सीटमा २ सय ४१ सिटको नतिजा आईसकेको छ ।

जसमध्ये १ सय ५ लेबर पार्टीको पक्षमा गएको छ । ६९ सीट कन्जरभेटिबले जितेको छ । स्कटिश नेश्नल पार्टीले ४५ सीट हासिल गरेको छ भने ४ सिटमा लिबरल डेमोक्रकेट्सले जितेको छ । यूके इंण्पिेण्डेन्स पार्टीले जम्मा १ सिट मात्र जितेको छ । अन्य दलले १७ सीट कब्जा गरेका छन् । अपराह्नसम्म सम्पुर्ण नतिजा आईसक्ने बताईएको छ । भोटिङ सकिनेवित्तिकै गरिएको मतगणना अनुसार कन्जरभेटिव पार्टी सबै भन्दा ठुलो दल बन्ने देखिएको छ ।

वर्तमान प्रधानमन्त्री डेविड क्यामरुनलाई स्पष्ट बहुमत मिल्न सक्ने संभावना न्युन देखिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । कुल ६ सय ५० सीटका लागि भएको मतदानमा ३ सय १६ सीट कन्जरभेटिव पार्टीको पक्षमा पर्ने संभावना रहेको बताइएको छ । त्यस्तै मुख्य विपक्षी लेवर पार्टीलाई २ सय ३९ सीट मिल्ने अनुमान गरीएको छ ।

Comments