बेलायतमा आज ६ सय ५० सीटका लागि संसदिय निर्वाचन हुँंदैछ ।

मतदानको लागि देशभर ५० हजारभन्दा बढी केन्द्र तोकिएका छन् । झण्डै ५ करोड नागरिक मतदानको लागि योग्य रहेको बताइएको छ । वेष्टमिनिष्टरको ६ सय ५० सिट बाहेक २ सय ७९ स्थानिय निकायको लागि झण्डै ९ हजार काउन्सिल सिटको चुनाव पनि आजै हुँदैछ । यसैगरी विभिन्न ६ शहरमा मेयरको लागि पनि आजै मतदान हुने अधिकारीहरुले जनाएका छन् ।

निर्वाचनको अघिल्लो दिन हिजो पनि उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा तान्न प्रयासरत थिए ।

Comments