नेपाल राष्ट्र बैंकले भुकम्पले क्षति पुर्याएको आवासीय घर क्षतिग्रस्त भएका भूकम्प पीडितलाई २ प्रतिशत व्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ ।

सर्वसाधारणलाई सहयोग पुर्‍याउन पुननिर्माण कार्यको लागि काठमाडौं उपत्यकामा अधिकतम २५ लाख रुपैयाँसम्मको र उपत्यका बाहिर अधिकतम १५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जामा राष्ट्र बैंकले शून्य ब्याजदरमा पुनरकर्जा उपलव्ध गराउने व्यवस्था गरेको हो ।
यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले अधिकतम २ प्रतिशतसम्म मात्र ब्याज लिन सक्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्र बैंकद्धारा जारी गरिएको सूचनामा भनिएको छ ।

Comments

comments