ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

ताप्लेजुङ नगरपालिका-८ मा पर्ने ल्याङ्बामा भीरबाट तल खस्दा दुर्घटना भएको हो ।उद्दारका लागि प्रहरी टोली घटना स्थलमा पुगेको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन भने घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ । स्थानीयका अनुसार गाडी ल्याङ्बाको भीरबाट २ सय मिटर तल खसेको छ ।

Comments

comments