पाकिस्तानको कबायली ईलाकास्थित एक सरकारी विद्यालयमा आत्मघातिबम आक्रमणमा ४ जनाको मृत्यु भएको छ ।

बुधबार सांझ ७ बजेतिर गरिएको हमलामा परि दुई आक्रमणकारी सहित ४ जनाको मृत्यु भएको बिबिसिले जनाएको छ । विद्यालय परिसरभित्र फुटबल प्रतियोगिता भईरहेको समयमा आक्रमण गरिएको थियो । फुटवल प्रतियोगिता भईरहेको स्थानमा आक्रमणकारी जवरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मी र आक्रमणकारीबीच गोलि हाना हान समेत भएको थियो ।

लगतै दुई आक्रमणकारी आफैलाई गोलि हानी आत्महत्या गरेका थिए ।

Comments

comments