प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला सहित प्रमुख तीन दलका शीर्ष नेताहरुले बुधवार महाविनाशकारी भूकम्पबाट प्रभावित तीन जिल्लाहरुको भ्रमण तथा अनुगमन गर्नुभएको छ ।

काँग्रेस सभापति कोइराला सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बुधवार महाविनाशकारी भूकम्पबाट प्रभावित तीन जिल्ला रसुवा,धादिङ र नुवाकोटको स्थलगत भ्रमण तथा अनुगमन गर्नुभएको हो ।

अनगुमनका क्रममा तीनै जिल्लामा भूकम्प प्रभावितहरुको अवस्था साह्रै नाजुक रहेको पाइएको बताउँदै शीर्ष नेताहरुले राहत वितरण कार्यलाई यथाशीघ्र प्रभावकारी रुपमा परिचालित गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइएको बताउँनुभयो ।

Please follow and like us:

Comments