नेपाल प्रहरीले विनाशकारी भूकम्पमा राहत तथा उद्धार कार्यका लागि कर्मचारीको तलब कटाएर १० करोड रुपैंया प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले महानिरीक्षक देखि कार्यालय सहायकसम्मका १५ देखि २ दिनसम्मको तलब बापतको रकम प्रधानमन्त्री राहत कोषलाई प्रदान गरेको हो । महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रधानमन्त्री राहत कोषका लागि जम्मा गरेको १० करोड १ सय ११ रुपैंया महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रधानमन्त्री सुशील कोइरालालाई प्रदान गर्नुभयो । महानिरीक्षकदेखि वरिष्ठ उपरीक्षक सम्मका दर्जाको १५ दिन, उपरीक्षकदेखि निरीक्षकसम्मको १० दिन, निरीक्षकदेखि सहायक निरीक्षकसम्मको ३ दिन र हवल्दारदेखि कार्यालय सहायकसम्मको २ दिनको तलब भूकम्प पीडितलाई प्रदान गरिएको प्रहरी सहायक प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

Please follow and like us:

Comments