गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित जिल्लामा एक हजार घर निर्माण गरिदिने भएको छ । भूकम्प आएपछि नेपालमा आएर राहतमा लागेको संघले बुधवार पत्रकार सम्मेलन गरेर भूकम्प प्रतिरोधी र पर्यावरण मैत्री एक हजार घर निर्माणको घोषणा गरेको हो । घर निर्माणका लागि संघले ३५ करोड रुपैयाँ खर्चिनेछ ।

गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित जिल्लामा एक हजार घर निर्माण गरिदिने भएको छ । भूकम्प आएपछि नेपालमा आएर राहतमा लागेको संघले बुधवार पत्रकार सम्मेलन गरेर भूकम्प प्रतिरोधी र पर्यावरण मैत्री एक हजार घर निर्माणको घोषणा गरेको हो । घर निर्माणका लागि संघले ३५ करोड रुपैयाँ खर्चिनेछ । घर निर्माणको लागि समिति बनाइसकेको जानकारी दिदै उहाँले यो समितिले इन्जिनियर, विज्ञ तथा सरकारको प्रतिनिधिसँग छलफल गरेर प्रतिवेदन पेश गर्ने बताउनुभयो । अध्यक्ष घलेले सबैको सुझावका आधारमा भूकम्प प्रभावित विपन्न र न्यून आय भएका परिवार छनौंट गरेर घर निर्माणको प्रक्रिया थाल्ने जानकारी दिनुभयो ।

घलेका अनुसार घर निर्माण गर्दा स्थानीयवासीको चाहना, संस्कृति र सम्पदाको गौरवलाई समेत सम्मान गर्दै समुदायको दिगोपनलाई जोड दिइने बताउनुभयो । ‘यो प्रक्रियामा गैरआवासीय नेपाली विज्ञ र स्वंयसेवक समेत परिचालन गर्नेछौ जसले विदेशमा सिकेको सीप नेपालमा हस्तान्तरण गर्न र स्थानीयवासीलाई सीपयुक्त बनाउन समेत सहयोग पुग्नेछ,’उहाँको भनाई थियो ।

संघले भूकम्प आए लगतै ८ जिल्लाका १० हजार परिवारलाई आपतकालिन राहत वितरणको घोषणा गरेको थियो । संघले सिन्धुपाल्चोक, काभ्रे, गोरखा, लमजुङ, नुवाकोट, धादिङ, रसुवा र रामेछापमा राहत वितरण गरिसकेको छ ।

Comments

comments