राहत बितरणका लागि पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बाहिरबाट प्राप्त सहयोग आपसमा मिलेर उपभोग गर्न र थप राहतका लागि अग्रसर हुन सुझाव दिनुभएको छ ।

भूकम्पका कारण आफ्नो मुलुकका नागरिक दुखमा परेको देख्न र सुन्न नसकेरै आफूहरु आफ्नो खल्तीबाट पैसा झिकेर भए पनि पीडितका लागि खाना र नाना बाँड्न आएको अध्यक्ष घलेको भनाइ थियो । बुधवार धादिङका भूकम्प प्रभावित क्षेत्रका पीडितहरुलाई राहत वितरण गर्दै अध्यक्ष घलेले यस्तो बिपत् सवै मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले स्थानीय तहमा मिलेर प्राप्त सहयोगको सदुपयोग गर्न पनि पीडितहरुलाई सुझाव दिनुभयो ।
गैरआवासीय नेपाली संघले नेपालका भूकम्पपिडीतलाई आपतकालिन राहतस्वरुप १० करोड रुपैयाँको कोष बनाई बिभिन्न ७ जिल्लामा राहत बितरण अभियान सुरु गरेको छ । जसअनुसार अहिलेसम्म सिन्धुपाल्चोक, गोर्खा, लमजुङ, काभ्रे र धादिङमा राहत बितरण भइसकेको छ ।
पहिलो चरणमा १० हजार परिवारलाई राहत बितरण गर्ने योजनाअनुसार गैरआवासीय नेपाली संघका स्वयंसेवकको सहयोग र सक्रियतामा राहत बितरण कार्य भइरहेको छ ।

गैरआवासीय नेपाली संघले नुवाकोटको राकुका देवी गाविस र आसपासका भूकम्प पीडितहरुका सहयोगार्थ पाल ८ सय ५९, चाउचाउ एक हजार कार्टुन तथा कम्बल १ हजार ६ सय ५० थान राहत सामाग्री वितरण गरेको छ ।

नुवाकोटमा संघका तर्फबाट राहत वितरणमा निवर्तमान अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष टीबी कार्की, कोषाध्यक्ष बद्री केसी, महिला संयोजक शपिला राजभण्डारी तथा अष्ट्रेलिया तथा चीनका एनआरएनहरुको सहभागीता रहेको थियो ।

Please follow and like us:

Comments