भारतीय अभिनेता सलमान खानलाई भएको जेल सजाय दुई दिनकालागि रोकिएको छ । मुम्बई सेसन कोर्टले १३ वर्ष पुरानो मद्दामा अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाए पछि सलमान खान बुधबार जेल जाने लगभग निश्चित भएको थियो ।

बुधबारनै सेसन कोर्टको फैसला पछि सलमान खानका वकिलले जमानतको अपिल गर्दै मुम्बई हाई कोर्टमा अपिल गरे पछि सलमानले दुई दिनको राहत पाएका हुन् । हाई कोर्टले शेसन कोर्ट फैसलाको प्रति प्राप्त नभएको भन्दै सलमान खानको जमानको अपिलमाथि शुक्रबार सुनुवाई गर्ने निर्णय गरे पछि सलमानले तत्काल जेल जानु परेन । सन् २००२ मदिरा सेवन गरि विना लाईसन्स मोटर चलाएर सडको पेटीमा सुति रहेका मानिसहरुले किचेको आरोप सलमान खान माथि लागेको छ ।

२००२ मा सलमानले सडको पेटीमा सुतेमा मानिसहरु माथि मोटर चढाउँदा एक जनाको मृत्यु भएको थियो भने ४ जना घाईते भएको थिए । सलमान खानले सोहि मुद्दामा यस अघि पनि झण्डै तीन वर्ष जेल सजाय काटिसकेका छन् ।

Comments