कुनै पनि व्यक्तिलाई आफूले गर्दै आएको काम वा पाउँदै आएको पदबाट राजीनामा दिन अवश्य पनि गाह्रो लाग्छ । स्वेच्छाले राजीनामा दिदा पनि भावनात्मक रुपमा निकै गाह्रो हुन्छ । तर यस्तो कठिन परिस्थितिमा पनि एरिजोनाका एक जना टेलिभिजन कर्मचारीले भने निकै यादगार बनाउँन चाहे । उनको यो सोंच नौलो मात्र होइन निकै सिर्जनात्मक पनि थियो ।

स्थानीय कोल्ड टिभीमा समाचार प्रसारण निर्देशकका रुपमा कार्यरत मार्क हर्मनले आफ्नो बोसलाई लेखेको त्यही राजीनामा पत्र अहिले विश्वमै चर्चित बन्दैछ । कारण उनले कुनै सादा पानामा लेख्ने परम्परालाई त्यागेर मीठो केकमा आफ्नो राजीनामा पत्र लेखेका थिए । उनले गत मे १ तारिखमा उक्त राजीनामा पत्र लेखेका थिए ।

मार्कले आफ्नो व्यक्तिगत ब्लगमा उल्ल्ेख गरेका छन्–मैले यस्तो दुखद निर्णय सहितको पत्र मीठो तरिकाले लेख्नु थियो । किनभने मेरो निर्णयले म मेरो बोसको मन दुखाउँन चाहन्नँ थिएँ । यस्तोमा सवैलाई मनपर्ने केक भन्दा अरु मीठो उपाय के हुन सक्थ्यो र ?
जब मार्कले आफ्नो राजीनामा पत्र सहितको केक उनको बोस समक्ष पेश गरे,त्यो देखेर र पढेर उनको बोस एक्कासी हाँसिन् । शुरुमा स्वीकृत गर्न नमाने पनि अन्ततः उनले मार्कको राजीनामा स्वीकृत गरिन् ।

मार्कले आफू आफ्नो साथीहरुको बीचमा निकै रमाइलो गर्नुपर्ने व्यक्तित्वका रुपमा परिचित रहेको समेत खुलाएको छ । उनको राजीनामा स्वीकृत गरेपछि केकलाई मिटिङ हलमा लगेर उनको सफलताको कामना सहित विदाइ स्वरुप सबै कर्मचारीहरुलाई बाँडिदिएको थियो ।

Comments

comments