राष्ट्रिय खेलकुद परिषद्भले भूकम्पमा परी ६ जना खेलाडीको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा जुडो खेलाडीमा नुवाकोटका अनिशा डंगोल, नीलम डंगोल र नारायण तामाङ छन् । कराँते खेलाडीमा तनहुँका चन्द्रकुमार श्रेष्ठ र नुवाकोटका सुरज डंगोल तथा सिन्धुपाल्चोकका क्रिकेट खेलाडी मनोज पण्डित छन् । यसैगरी राखेपले भूकम्पमा ज्यान गुमाएका खेलाडीका परिवारलाई खेलाडी कल्याणकारी कोषमार्फत एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।

राखेपका सदस्यसचिव युवराज लामाको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त रकम सहयोगको घोषणा गरेको हो । राखेपले भूकम्पमै परी ज्यान गुमाएका गोरखापत्र दैनिकका खेल पत्रकार सुमन वोम्जनको परिवारलाई पनि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

Comments