भूकम्प पीडितलाई राहतमा प्रयोग भैसकेका पूराना कपडा दिन नपाईने भएको छ । नेपाल सरकारले त्यस्ता प्रयोग गरिसकेका कपडालाई राहतस्वरूप बाँड्न प्रतिबन्ध लगाएको छ । सरकारले दुई वर्ष अघि नै यस किसिमको राहत भन्दै पुराना कपडा दिन नपाइने नियम बनाएको जनाएको छ ।

केही समय अघि अष्ट्रेलियामा पनि पुराना कपडा जम्मा गरेर तिनलाई नेपाल पठाउने तयारी भएको थियो । यसरी मागिएका कपडामा भित्री लुगा र च्यातिएका, पुराना लाउनै नमिल्ने सामग्री समेत भेटिएपछि यसको ठूलो आलोचना समेत हुँदै आएको छ । पूराना र थोत्रा कपडा दिदा पिडितको आत्म स्वाभिमानमा समेत चोट पुग्ने गरेको सरकारको दाबी छ ।

भूकम्पपीडितको सहायतार्थ भारतबाट प्राप्त २२ पोका कपडा थोत्रा रहेको पाएपछि गृह मन्त्रालयले यो नियमलाई अझ कडाई गर्न लागेको हो । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भारतबाट प्राप्त २२ पोकाका लुगा प्रयोग भैसकेको पाइएकोले ती वितरण नगर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जानकारी दिनुभयो । दैवीप्रकोपमा परेका पीडितलाई पुराना लुगा दिँदा राम्रो सन्देश नगएकाले त्यस्ता थोत्रा कपडा सहायताका नाममा उठाउन र वितरण गर्न विगत दुई वर्षदेखि बन्द गरिएको बताउनुभयो । त्यसैले भारतबाट प्राप्त थोत्रा कपडा सहितको सबै पोका फिर्ता पठाइदिन लागिएको पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

Please follow and like us:

Comments