अस्ट्रेलिया सरकारले नेपालका भुकम्प पीडितका लागि करिब १ अर्ब ( दश अर्ब डलर ) सहयोग प्याकेजको घोषणा गरेको छ ।

सो सहयोग अति अवश्यक भएका प्रभावित जनतालाई खाद्य सुरक्षा, स्वास्थ्य, आश्रय, पानी र सरसफाईमा प्रयोग हुनेछ । सो सहयोग गोरखा जिल्लास्थित दूतावासको साझेदार संस्था केयर नेपालमार्फत खर्च हुनेछ । नेपालका लागि अस्टे«लियाली राजदुत ग्लेन ह्वाइटले सोमबार जारी गरेको विज्ञप्तीमा नेपालसंगको मैत्रीपूर्ण सम्बन्धलाई कायम राख्दै यहांको संकटको समयमा राहत तथा पुनःस्थापनाका काममा सहयोग गर्न सो रकम उपलब्ध गराउने जनाइएको छ । सो मुलुकका विदेश मामीला मन्त्री जुली विषपले सो सहयोगको घोषणा गर्नुभभएको विज्ञप्तीमा जनाइएको छ ।

Comments

comments